बिर्तामोड / काठमाडौंको नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई घर भएका २६ वर्षीय सागर माली र कृष्ण अढाडे रहेका छन् । 

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको हाइस माइक्रो चेक जाँच गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । 

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए ।