दैलेख / दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध –५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेका छन् । 

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । अरिङ्गालको टोकाइबाट घाइते भएका शाहीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । 

OM Sai Pathibhara Hospital

शाहीको उपचारको क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।