बिर्तामोड / इजरायल जानका लागि आवेदन दिएका ९ हजार ६ सय जनामध्ये दुई हजार ८२८ जनाको आवेदन फारम वैदेशिक रोजगार विभागले अस्वीकृत गरेको छ ।
वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको हो ।
आवेदकले प्रमाणपत्रहरू, उचाई, तौल, शैक्षिक योग्यता लगायतका कुरा स्वघोषणा गरी निवेदन दिएका थिए ।
तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्द गरिएको संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताएका छन् ।
विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए ।
परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् ।