काठमाडौं / काठमाडौँको ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।
तीन महिना देखि ठमेलको बिहानी होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट बिहीबार राती होटलको कोठाभित्र मृत फेला परेका हुन् ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिसामा नेपाल आएको प्रहरीको भनाइ छ ।
केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी होटलको कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।