बिर्तामोड / पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेका मिलन दुलाल, समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडा, देव तामाङ, यमबहादुर तामाङ, रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, मकवानपुरका राजीव गुरुङ, र रामेछापका निरज नेपाली रहेका छन् ।

OM Sai Pathibhara Hospital

गत असोज १ गते नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् ।

उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले बुद्धनगर, बानेश्वर, थापागाउँ, नक्शाल, चन्डोल लगायतका स्थानबाट एभोकाडो चोरेर बेच्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।