बिर्तामोड / झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।
बिहीबार बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका –११ बसपार्कको एक होटलबाट सुवेदी र कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ६ ग्राम ७०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
त्यस्तै दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ तुर्केनीबाट सिंहलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका सिंहको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।