सुनसरी / सुनसरी दुहबी नगरपालिका –२ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा –७ का ५० का आशराम माझी रहेका छन् । 

आज बिहान सँवा ८ बजे विराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रस गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा माझी गम्भिर घाईते भएका थिए । 

OM Sai Pathibhara Hospital

घाइते माझीलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बस र बस चालक सिन्धुपाल्चोक इन्द्रावती ४ का ३० वर्षीय अशोक थापा मगर इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ ।