रोल्पा / रोल्पामा भीरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा नगरपालिकाका –९ निवासी २७ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर फर्कने क्रममा ढुङ्गाले लागेको थियो । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शव परीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।