भद्रपुर / जिल्ला प्रहरी कार्यालय झापाले गत भदौ २४ गते अर्धनग्न अवस्थामा सानोमाइ खोलामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मृतकका भान्जा भारत सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षिय ऐतवार सोरेन, झापा गाउपालिका –१ बस्ने ३७ वर्षीय लखन टुडु सतार, सोही ठाउँका २७ वर्षीय हेमर सतार र ५६ वर्षीय सिरी साईला भन्ने सोमाइ हेमरम सतार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले बुधबार आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा घट्नामा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरि सार्वजानिक गरेको हो ।
फरार प्रतिवादी मध्यका हेमरमको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
मृतकको छोराछोरी कोही नभएको, मृतकका श्रीमान् डोली भन्ने धोन्नी टुडुको मृत्युको घट्ना घटेको १५ दिन अगाडि भएकाले उनको योजनाबद्ध तरिकाले घट्ना घटाएको प्रहरीको भनाई छ ।
मृतकको सौताले विभिन्न आरोप लगाउदै आएको, मृतकका देवरसँग जग्गा सबन्धी विवाद बढेको लगाएतका विभिन्न घरायसी विवादका कारण हत्या गरिएको हुन सक्ने अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।