बिर्तामोड / डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र पण्डित रहेका छन् । 

नुवाकोट स्थायी घर भएका पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घरमै पुगेर मंगलबार पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले पण्डितलाई खोजी गरेको थियो। सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका सीआईबीका डीआईजी धीरजप्रताप सिंहले बताए।

सोही अभियोगमा नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परिसकेका छन्।

विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिम चोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो। अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उनी अपहरणमुक्त भएका थिए।