विराटनगर / सुनसरीको इटहरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी –२ बस्ने ४० वर्षीया निरा प्रधान रहेकी छिन् । 

उनको आज बिहान १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक प्रधान गम्भीर घाईते भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

घाइते प्रधानको उपचारको क्रममा धरानस्थित धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० वर्षीया  कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।