चितवन / चितवनको इच्छाकामना गाउँपालिका –४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवाको मृत्यु भएको छ । 

मङ्गलबार दिउँसो ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याइ व्यवस्थापन गरिएको सूचना अधिकारी खनालले बताए ।

खनालका अनुसार माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्करबाट चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान छ ।