बिर्तामोड / चरेस ओसार पसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हस्तकलाका सामान भित्र चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको लागू औषध नियन्त्रण ब्युराे काठमाडौँको टोलीले उनीहरूलाई कपनस्थित हस्तकला सामान उद्योगबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ७ किलो ६ सय २४ ग्राम चरेस बरामद गरेको छ । उनीहरूले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको ब्युरोले बताएको छ ।