बुटवल  / बुटवलको बेलहियामा पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लक्कीचन्द्र लोहार र सन्तोष गुप्ता रहेका छन् । लोहार इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत थिए । त्यस्तै गुप्ता गुजरात ट्राभलका कर्मचारी हुन् । 

OM Sai Pathibhara Hospital

भारतबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका आठ जना पर्यटकलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति पाँच सय भारुका दरले पैसा उठाएका थिए । 

पर्यटकले आफूहरूबाट प्रहरीले घुस लिएको भन्दै जिल्ला प्रहरी कार्यलय रूपन्देहीमा उजुरी दिएका थिए । घटनाबारे उजुरी परेपछि रूपन्देही प्रहरीले सोमबार राति गुप्ता र लोहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।