झापा //  ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापाका दुइजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

किर्तिपुर अस्पतालमा उपचारका क्रममा  अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गा खनालको मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा खनाल दम्पतिसहित छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए ।

छोरा पंकजको अवस्था भने सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।