काठमाडौं // विदेशबाट मगाएर सुन संकलन गर्ने  एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा   पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारु छन्। सौर्य एयरलाइन्सको उडानबाट विराटनगर  जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताएका छन्।

OM Sai Pathibhara Hospital

उनको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ।

सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ।

उनलाई आवश्यक कारवाहीका लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसएसपी बास्तोलाले जानकारी गराएका छन्।