बिर्तामोड// बिर्तामोडमा आँफैले पालेको गोरुले हानेर एक महिलाको मृत्यु भएको छ।

झापा बाह्रदशी ७ चप्रामारीकी ६० बर्षिया देवका प्रसाई चिमरियाको मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

आफूँले  पालेको गोरुलाई पानी दिन जादा हानेर उनि घाइते भएकी थिइन्  ।

उपचारका लागि अस्पताल पुर्याएकी उनलाई लगतै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

चिमरियाले उक्त गोरु विगत ४ बर्षदेखि घरमै पालिरहेको मृतकका भान्जा  चुडामणि तिम्सिनाले बताएका छन्।