बिर्तामोड / आईओएस र आईप्याडओएस १५ भोली (सोमबार) देखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।

नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो ।

OM Sai Pathibhara Hospital

फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत साथीभाइले पठाएको फोटा तथा लिंक सहजै ट्रयाक गर्न सकिनेछ ।

सफ्टवेयर डाउनलोड गरी इन्स्टल कसरी गर्ने ?

जब एप्पलले आईओएस १२ र आईप्याड ओएसको अपडेट उपलब्ध गराउने छ, तब तपाईंले सामान्य अन्य सफ्टवेयर अपडेट गरेजस्तै अपडेट गर्न सक्नुहुनेछ ।

जब अपडेट गर्दै हुनुहुन्छ उक्त समयमा मोबाइललाई चार्ज गर्नु उपयुक्त हुनेछ । भने, इन्टरनेट कनेक्सन पनि राम्रो हुन आवश्यक छ ।

अब डिभाइसको ‘सेटिङ’ एप खोल्नुहोस् । त्यहाँ रहेको ‘जनरल’ मा क्लिक गर्नुहोस् र ‘सफ्टवेयर अपडेट’ मा क्लि गर्नुहोस् ।

यति गरेसँगै तपाईंको डिभाइस एप्पलको सर्भरमा कनेक्ट हुनेछ र सफ्टवेयर डाउनलोड तथा इन्स्टलका लागि नोटिफिकेशन आउने छ । उक्त नोटिफिकेशनमा क्लिक गरी तपाईंले डाउनलोड तथा इन्स्टल सुरु गर्न सक्नुहुनेछ ।

डाउनलोड तथा इन्स्टलका लागि केही घण्टा नै लाग्नसक्छ । जब इन्स्टल भइसक्छ, तब फोन रिबुट हुनेछ भने खोल्दा तपाईंले आईओएस १५ तथा आईप्याड १५ प्राप्त गर्नुहुनेछ ।