बिर्तामोड / सरकारले संविधान दिवसको अवसरमा पत्रकारहरूलाई पनि विभिन्न मानपदवी तथा पदकबाट विभूषित गर्ने भएको छ ।

पत्रकारिता मार्फत आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउने ५० जना  पत्रकारहरूलाई सरकारले मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

तर पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीले भने सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । थापा र सायमीले सामाजिक संजालमा मार्फत आफूहरू विभूषण ग्रहण नगर्ने घोषणा गरेका हुन् ।

सरकारले थापालाई सुप्रबल जनसेवाश्री बाट र सायमीलाई प्रवल जनसेवा श्री’ पदकद्धारा विभूषित गर्ने घोषण गरेको थियो । 

पत्रकार थापाले यसअघि सरकारले पटक पटक पदकका लागि आफूलाई सोधेको तर यो सरकारले सोध्दै नसोधी नाम राखेको बताउँदै उक्त पदक नलिने घोषणा गरेका हुन् ।  उनले पदकका लागि सरकारलाई धन्यवाद समेत दिएका छन् । 

‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु’, उनले लेखेका छन्, –‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

थापा लामो समय कान्तिपुरमा आबद्ध थिए । उनी अहिले इ–कागजको प्रधान सम्पादकको रुपम कार्यरत छन् ।

त्यस्तै कार्टुनिष्ट सायमीले पनि सामाजिक संजालमा लेखेका छन् – ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

सायमीले आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने बताएका छन् । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।

पदक पाउने पत्रकारहरूको (नामावली) 

सुकिर्तीमय राष्ट्रदीप 
१. कैलाश शिरोहिया 
२. रामेश्वर थापा

सुप्रबल जनसेवाश्री
३. तारानाथ दाहाल
४.सुरेशप्रसाद आचार्य
५. हरिविनोद अधिकारी
६ कृष्णज्वाला देवकोटा
७. प्रतीक प्रधान 
८. हरिबहादुर थापा 

कीर्तिमय राष्ट्रद्वीप 
९. ओम शर्मा
१०. गुणराज लुँइटेल 
११. महेश्वर दाहाल 

प्रबल जनसेवाश्री 
१२. बद्री सिग्देल
१३. ऋषि धमला
१४. अजयबाबु शिवाकोटी
१५. नेत्रकुमार के.सी.
१६. मुकुन्द दाहाल
१७. दिलभूषण दाहाल
१८. समा थापा
१९. विश्वमणि पोखरेल
२०. कविर राणा
२१. रविन सायमी
२२. रवी मिश्र
२३. अनिता बिन्दु
२४. डा. बालकृष्ण चापागाई
२५. माधव ढुंगाना
२६. प्रकृति अधिकारी
२७. मोहम्मद सदरुल
२८. शालिग्राम सुवेदी
२९. गोविन्द धिताल

जनसेवाश्री
३०. भरतबन्धु थापा
३१. भुवन शर्मा
३२. दीपक खरेल
३३. गिरिजाप्रसाद अधिकारी
३४. प्रभातकुमार झा
३५. नारायण अमृत
३६. चन्द्रशेखर कार्की
३७. किसन राई
३८. खगेन्द्र अधिकारी
३९. सुनील महर्जन
४०. विष्णु खड्का
४१. रेखा भूसाल
४२. बृजकुमार यादव
४३. आँकाक्षा शाह
४४. नरेन्द्रकुमार साउद
४५. लीला बराल
४६. राममाया भट्टराई
४७. भवानी कार्की
४८. बृजलाल पासवान
४९. डम्बरबहादुर अधिकारी
५०. दीपेन्द्र श्रेष्ठ