बिर्तामोड / मलेसियाबाट आज (शनिबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका १८ जना नेपालीको शव नेपाल ल्याइएको हो । शव ल्याउन नसकिएका एक जनाको भने अस्तु मात्रै ल्याइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले मलेसियामा अलपत्र परेका नेपालीको शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
श्रेष्ठका अनुसार मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको हो ।