काठमाडौं  / काठमाडौँको जोरपाटीबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेन्जिङ छोप्याक भन्ने धावा ढुण्गुपसहित २० जना रहेका छन् । पक्राउ पर्नेहरुमा महिला पनि रहेका छन् ।

उनीहरूलाई शुक्रबार राति विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका –५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिब्बतियन क्याम्पभित्रको घरबाट पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट प्रहरीले चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको छ ।