जलेश्वर / महोत्तरीको औरही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिहारको बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत –१३ बस्ने २२ वर्षीय पिन्टु कुमार राय र सोही ठाउँ बस्ने १२ वर्षीय रितेश कुमार सिंह रहेका छन् ।
उनीहरूलाई शुक्रबार राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिउँ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु. १००० हजारका २२ थान, रु. ५०० का तीन थान, रु. १०० का २७ थान, रु. ५० का छ थान, रु. २० का आठ थान, रु. १० का ११ थान, रु. ५ का छ थान र भारु १०० का तीन थान नक्कली नाेट बरामद गरेको छ ।