काभ्रेपलाञ्चोक / प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए  । फैसला कार्यान्वयनको सिलसिलामा  शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चौँरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ वर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौँ जिल्लाको बालाजुमा  फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।