भोजपुर / भोजपुर आमचोक गाउपालिकाखाम्ताङ की १४ वर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । 

बिहीवार दिउसो १२ बजे आमचोक १ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् । उक्त खबर पाए लगत्तै प्रहरी टोलीले खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अवस्थामा परियारको लास फेला परेको थियो । 

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।