बिर्तामोड / बिहिवार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
हिजो(बिहिवार) दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ वर्षीया गीता लिम्बू, ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये हिजै दिउसो साढे १२ बजे चन्द्रकला राईको विराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचार भइरहेको छ ।
यसै गरी बिहीवार बेलुका साढे ८ बजे झापा मेचीनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व-पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका मोटरसाइकल पछाडि सवार मेचीनगर १३ का ३० वर्षीय युवराज लिम्बुको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने मोटरसाइकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ वर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भइरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचीनगर २ का २६ वर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसै गरी बिहीवार राती साढे १० बजे झापाकै बुद्धशान्ति गाउपालिका ३ सातनम्बर चौक स्थित मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र विपरित दिशाबाट आउँदै गरेको प्र.१-०१-००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ वर्षीय पर्शुराम लिम्बुको बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडि सवार मेचीनगर नगरपालिका १३ की ३० वर्षीया मनिषा लिम्बू समेत घाईते भई सोही अस्पतालमानै उपचार भइरहेको छ । पिकअप र चालक इलाम सूर्योदय नगरपालिका १० का २७ वर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसै गरी बिहीवार राती १२ बजे मोरङ विराटनगर महानगरपालिका १२ कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ वर्षीय रञ्जित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।