संखुवासभा //संखुवासभा हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारी  पुरस्कृत भएका छन्। 

संखुवासभामा भएको सामुहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै डीआईजीसहित पाँच प्रहरी महानिरीक्षकलाई  प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो। 

OM Sai Pathibhara Hospital

पुरस्कृत हुनेमा डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमप्रसाद दाहाल, संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ छन्। 

महानिरीक्षक शैलेश थापा क्षेत्रीले रेकर्डमा जनिने गरि नगद सहित पुरस्कृत गरेका हुन् । उक्त टोलीले २१ भदौंमा  स्थानिय मादी नगरपालिका–१ मा पर्ने यो गाउँका एकै परिवारका ६ जनाको निर्ममता पूर्वक हत्या भएको घटनाको सफल अनुसन्धान गरेका हुन्। मृत्यु हुने दुई अवोध बालबालिका र एकजना वृद्ध थिए । 

२१ भदौंको बिहान तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले सामुहिक हत्यामा संग्लग्न रहेका लालबहाुर कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुख सहितको उपस्थितीमा  ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो ।

  अनुसन्धानमा खटिएका अन्य अधिकारीहरुलाई प्रदेश र जिल्ला प्रहरी कार्यालयले समेत सम्मान गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताएका छन्।