इटहरी//इटहरीमा मेयरले सेवाग्राही महिलालाई दुव्र्यवहार गरेको भन्दै संस्थाहरुले विरोध गरेका छन्।

सेवाग्राही महिलालाई कार्यकक्षमै दुव्र्यवहार   भएको भन्दै इटहरीका दर्जन बढी संस्थाहरुले मेयर द्वारिकालाल चौधरीको विरोध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यालयमा  गएका  सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा चौधरीले महिलाहरुकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको बताइएको छ ।

उनले  नगर प्रहरी लगाउने धम्कीसमेत दिएको बताइएको छ।

स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट  नै महिलाहरुलाई दुव्र्यवहार भएको भन्दै उनीहरुले चौधरीलाई कारवाही गर्न माग गरेका छन्।

यदि चौधरीलाई कारवाही नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।