सुनसरी / सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बङ्गालका रफिकुल इस्लाम की छोरी ९ वर्षीया बबिता खातुन रहेकी छन् । 

बुधवार बेलुका को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै उनको मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भूमि गाउपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।