उदयपुर//उदयपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। 

चौदण्डीगढी नगरपालिका–१० खैरामा  २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठामा  मृत भेटिएकी हुन्।

OM Sai Pathibhara Hospital

लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ।

दिउंसोदेखी सुतेकी उनि  साँझसम्म पनि नउठेपछि  घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताएका छन् ।

कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनि भेटिएपछि  घटना रहस्यमय रहेको परिवारले जनाएको छ।

 मृतकको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट भेटिएको छ।

शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाको विषयमा थप  अनुसन्धान भइरहेको  लाहान प्रहरीले जानकारी गराएको छ।