बिर्तामोड / झापाको बिर्तामोड-३ स्थितबाट लागूऔषध खैरोहिरोईन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २-का ३४ वर्षीय भिमराज राई र पथरी-१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू  रहेका छन् । 

सोमबार राती को २७ प ८६७४ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले नियन्त्रणमा लिई  चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएको हो । 

OM Sai Pathibhara Hospital

दुबैलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनि जनाएको छ ।