धरान / सुनसरीको कोशी गाउँपालिका –८ कोशीकटानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी –७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेष कुमर मण्डल र  २५ वर्षीय रोशन मण्डल रहेका छन् ।

OM Sai Pathibhara Hospital

आइतबार दिउँसो तीन बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय २० हजार रुपैयाँ बरामद गरेको छ । 

पक्राउ परेका तीनै जना उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।