बिर्तामोड / झापाको भद्रपुरबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका –८ बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन् । 

उनलाई आइतबार दिउँसो तीन बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीले उनको साथबाट १५ ग्राम सात सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।