काठमाडौँ /  काठमाडौँबाट नेपाल प्रहरीले दुई किलो २२४ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुन रहेका छन् ।

OM Sai Pathibhara Hospital

शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले पुनलाई काठमाडौँ महानगरपालिका –२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

ठमेलमा अफिम बोकेर कारोबार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुईजनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, रमेशकुमार बस्नेतले दिए । 

प्रहरीले पुनको साथबाट एक किलो २०० ग्राम र अन्य दुईको साथबाट एक किलो २४ ग्राम अफिम बरामद गरेको छ ।