बिर्तामाेड / झापामा कोरोना संक्रमित एक वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान साढे चार बजे शिवसताक्षी नगरपालिका –९ का ६३ वर्षीय गोविन्द खनाल घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

वृद्धलाई घरको निदालमा कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । 

सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।