दाङ / दाङबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका –७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।
तीजको दर खाने दिन राती नाच हेरेर घर फिर्कदै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको पीडित युवतीको जाहेरीको आधारमामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।