इलाम / इलामको जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोनाका कारण निधन भएको छ । 

झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कोरोनाको उपचार गराइरहेका मगरको आज (शनिबार) विहान साढे चार बजे निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

एक साताअघि कोभिड –१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन । 

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि मगरको पिसीआर परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका –४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य हुन् ।