विराटनगर / विराटनगर-९ बसपार्क अगाडि आज (शुक्रबार) दिउँसो अन्दाजी ४०-४५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको छ ।
मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । मृतकको पहिचान भने खुलिनसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।