सुनसरी / धरानबाट सरकारी छाप दस्तखत किर्ते गरेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर –४ घर भई हाल घरान उपमहानगरपालिका –५ मा बस्दै आएका ५२ वर्षीय कुमार थापा मगर रहेका छन् । 

OM Sai Pathibhara Hospital

मगरलाई हिजो (बिहिबार) बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

आफू लोकसेवा आयोगको कर्मचारी रहेको बताउँदै सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधारण मानिसहरूलाई प्रलोभनमा पारी मगरले ठगी गर्दै आएका थिए ।

मगरले सर्वसाधारणबाट रकम लिई आयोगको परीक्षा प्रवेश पत्र वितरण गर्ने र सो वापत मोटो रकम समेत लिइ लेनदेन प्रकृतिको कागज बनाएर झुक्याउने गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मगरको कोठाबाट प्रहरीले सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान –१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको, गोप्य लेखेको, जिबछ लामिछाने समेत लेखेको र राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको –१ थान छाप बरामद गरेको छ । 

त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप –१ थान, प्रहरी निरीक्षक लेखेको, उपसचिव लेखेको, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप, शाखा अधिकृत लेखेको एक/एक थान छाप लगायत सो सम्बन्धित बिभिन्न कागजातहरू प्रहरीले बरामद गरेको छ । 

पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्यादथप गरी थप अनुसन्धान भइरहेको छ ।