काठमाडौं / नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले सुनुवाइ गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगितको माग भएपछि सुनुवाइ स्थगित भएको हो ।
यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए ।
२०७७ माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त भएका थिए । मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा शाक्यलाई प्राधिकरणबाट हटाएर साउन २७ गते कुलमान घिसिङ नियुक्त गरेको थियो ।