सङ्खुवासभा / सङ्खुवासभामा जेसीबी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मकालु गाउपालिका ३ समटार स्थित निर्माणाधीन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका ६ माथिल्लो पाङठा का २४ वर्षीय श्याम बि.क. रहेका छन् । बिहीबार दिउसो २ बजे बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको जेसीबी काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोलीले लासलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।