काठमाडौँ / झुटो कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसी रहेका छन् ।
केसीलाई कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, झुटा कागजात लगायतका विभिन्न झुटो प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।