मोरङ//मोरङमा न्यायाधीश इश्वर पराजुली चढ्ने कारको ठक्कबाट एक महिलाको मृत्यु भएको छ।

४५ वर्षिया लक्ष्मी दाहालको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी गराएका छन्।

OM Sai Pathibhara Hospital

दाहाल अदालत भित्रको क्यान्टिन संचालक हुन्।

बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट घाइते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो।

जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायाधीश पराजुलीको पिएसओ  ४२ वषीर्य बिन्दकुमार सिंहले कार चलाएको बताइएको छ।