मोरङ / मोरङ मिक्लाजुङ गाउपालिका ६ का २९ वर्षीय दीपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार दिउसो घरको कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावरी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।