बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –९ खरवन्दीबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –११ बुद्धचोकका ३० वर्षीय मणि कुमार चौधरी रहेका छन् ।
आइतबार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीका साथबाट प्रहरीले २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।