बिर्तामोड / चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले झापबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर –१४ का २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजबंशी, २० वर्षीय विष्णु भण्डारी र १९ वर्षीय कमल विक रहेका छन् ।
गत भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन भद्रपुर नगरपालिका –९ का अशोक तिम्सिनाको घरमा गएर चोरी गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तिम्सिना मन्दिर गएको समयमा ११ बजे राती झ्यालको रड काटेर प्रवेश गर्न खोजिरहेको समयमा तिम्सिनाकी श्रीमतीले थाहा पाएपछि फरार भएका उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् ।
पक्राउ परेकाको साथबाट प्रहरीले नेपाल प्रहरीको टाटे पाङ्ग्रे कम्ब्याट ड्रेस १ जोर, सादा चुस्ता ड्रेस एक जोर, कालो रङको छालाको बुट एक जोर र खुकुरी बरामद भएको थापाले जानकारी गराएका छन् ।