ओखलढुंगा / ओखलढुंगामा गएराती परेको चट्याङ्गमा परि ७ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सिद्धिचरण नगरपालिका १० बेतिनीका घरमा परेको चट्याङ्गका कारण उनीहरु घाईते बनेको प्रहरीले बताएको छ ।
घाईते मध्ये विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भिर अवस्थाका उनीहरूलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । चट्याङले बेहोस भएका अन्य चार जनाको अवस्था भने सामान्य रहेको छ ।
चट्याङका कारण एक दर्जन घरमा क्षति पुगेको र गाई – भैँसी सहितका चौपाया मरेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले घटनाका विषयमा बुझ्न प्रहरी टोली पठाएको जनाएको छ ।