बिर्तामोड / शैक्षिक प्रमाण पत्र नक्कली बनाएर पेश गरी ईडीभी परेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका –३ का सुमित रत्न गुभाजु, मोरङको पथरी शनिश्वरे नगरपालिका –६ का अमरबहादुर कट्वाल, नवलपरासीको गैडाकोट नगरपालिका –३ का नरेश केसी, नवलपरासीको देवचुलीका लक्ष्मण पाठक, काभ्रेको बनेपा –१० का दिप बिष्ट र काठमाडौंको टेकूका सोहिली शाही रहेका छन्।
उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएर पेश गरेको पाइएपछि पक्राउ गरेको माहाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरूमध्ये केहीलाई अमेरिकन दूतावास र केहीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कोइरालाले बताए ।
पक्राउ परेका सबैलाई दलितसम्बन्धी कसुरमा कारबाही हुने एसपी कोइरालाले बताए। प्रहरीले सुमित रत्न गुभाजु, अमरबहादुर कट्वाल र नरेश केसीको नक्कली शैक्षिक प्रमाण पत्र समेत बरामद गरेको छ।