झापा / शिबसताक्षी नगरपालिका ११ झिलझिलेमा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बू रहेकी छन् ।
शनिबार बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ वर्षीय प्रबिन लामा लाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ ।