बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका ४ मा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
झापाको कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशीको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
अटो चालक राजवंशीको शव भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । राजवंशीको शव उनकै कोठामा फेला परेको हो । मृतक राजवंशी बिर्तामोड ४ मा नै भाडामा बस्दै आएका थिए ।
मृतक राजवंशीको अनुहारमा रगत देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी गराएका छन् । घटना स्थलको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हत्या भएको आशंका गरेको छ ।
मृतकका छोराले आफ्नै कान्छा काका मृतकका भाइले नै हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । हत्या आरोपी फरार रहेको र उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको आचार्यले जानकारी गराएका छन् ।