ओखलढुङ्गा  /मानेभन्ज्याङ गाउँपालिकामा करेन्ट लागी सोलारको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयल रहेका छन् । 

शनिबार बिहान माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधीन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागेर फुयल पोलबाट लडी घाईते भएका थिए । उपचारको लागी जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।